
४ माघ , काठमाडौ । पाँचौ पटक प्रधानमन्त्री बन्दासमेत गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई पूर्णता दिन सकेका छैनन्। सरकारलाई पूर्णता दिने क्रममा उद्योग मन्त्रालयको जिम्मा गजेन्द्र हमाललाई दिएका थिए।
हमालमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको कोटामा मन्त्री बनेको आरोप लागेपछि हमालले असोज २४ गते राजीनामा दिएका थिए। त्यसयता उद्योग मन्त्रालय मन्त्रीविहीन छ।
यसैगरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमो महामन्त्रीमा पराजित भएपछि तत्कालीन रक्षामन्त्री डा। मिनेन्द्र रिजालले राजीनामा दिएपछि यो मन्त्रालय प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छन्।
कांग्रेस महाधिवेशनमा रिजालको राजीनामा र प्रकाशमान सिंहले देउवालाई गरेको समर्थनले निकै चर्चा पायो। कांग्रेसको १२ औं महाधिवेशनदेखि देउवाका साथ छोडेका सिंहले १४ औं महाधिवेशनमा देउवालाई गरेको सहयोग धेरै कांग्रेस र गैर कांग्रेसीको लागि अनौठो विषय बनेको थियो।
सिंहकै सहयोगमा देउवा कांग्रेसको दोस्रो पटक नेतृत्व गर्ने ठाउँमा पुगे। १३ औं महाधिवेशन देखि देउवाबाट कांग्रेस नचल्ने दावी गर्दै आएका सिंह अन्तिम समयसम्म पनि देउवाबाट कांग्रेस नचल्ने भन्दै आएका थिए। तर अन्तिम चरणमा देउवा जिताउन तिनै सिंह निर्णायक हुँदा सिंहको निर्णयलाई निकै अर्थपूर्ण मानिएको छ।
सिंहले देउवालाई समर्थन गर्दै गर्दा निकै ठूलो राजनीतिक सौदावाजी गरेको आरोप खेपिरहेका छन्। यद्यपि उनले विभिन्न सार्वजानिक कार्यक्रममा आफूले कुनैपनि सौदावाजी नगरेको आफू सबैभन्दा ‘सिनियर भएपनि आफ्नो समूहले सम्मान नगरेको दुखेसो पोख्दै आएका छन्।
तर कांग्रेसबृत्तमा भने सिंह भरसक आफैं उपप्रधानमन्त्रीसहितको कुनै एक महमत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा जाने, नत्र रिक्त रहेको मन्त्रालयमा आफू निकटका सांसदलाई मन्त्री बनाउने चर्चा चलेको छ।
पाँच दलीय गठबन्धनबाट बनेको सरकारमा यी दुवै मन्त्रालय कांग्रेसको भागमा परेका थिए। संसदीय व्यवस्थामा मन्त्री चयन गर्ने अधिकार प्रधानमन्त्रीको रहन्छ। तर नेपालमा शक्ति सन्तुलन मिलाउनकै लागि आफ्नै पार्टीको पार्टीको नेताहरुकोपनि भागवण्डा लाउने चलन रहेको छ।
।यति बेला देउवाको हातमा पार्टी र सरकार दुबै शक्तिको साँचो आफ््नै हातमा रहेको छ। त्यैसैले पनि कसलाई मन्त्री बनाउने विषयमा देउवा नै निर्णायक देखिन्छन्। तर यति समय बित्दा पनि देउवाले कुनै निर्णय नगर्नुले बालुवाटारमा के रणनीति बन्दै छ रु भन्ने विषय पेचिलो बन्दै गएको छ।



