Comments Add Comment

थोत्रा गाडीले कुरुप बन्यो सरकारी कार्यालय परिसर (फोटोफिचर)

१४ फागुन, काठमाण्डौं । विभिनन् कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडीका ग्यारेजजस्तै बनेका छन् ।

 

केही वर्षअघिसम्म सिंहदरबार परिसरमा बग्रेल्ती देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरबार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाउँमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् । कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

 

प्रस्तुत छ राजधानीका पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातायात विभाग परिसर, सडक विभाग र सिंहदरबार परिसरमा थन्किएका गाडीका तस्बिर ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै