Comments Add Comment

Advertisment

SKIP THIS

करेन्ट लागेर गैँडाको मृत्यु

२७ असोज , काठमाडौं । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ ।

आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैँडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए ।

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए । बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए । यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार छ सय ९४ गैँडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै