Comments Add Comment

Advertisment

SKIP THIS

दुर्गा प्रसाईंको दाबी- ३३ किलो सुनको पैसा दुबईको कम्पनीमा हुण्डीमार्फत पठाइएकाे छ

३० वैशाख , काठमाडौ । व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताएका छन्। शनिबार काठमाडौंको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेका हुन्।

उनले यहाँका नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबईलगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गर्ने गरेको बताए। उनले नेपालका बैंकहरूले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डीमार्फत वैधानिक रूपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गरे।

उनले अहिलेसम्म नेताहरूले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको बताए। उनले नेपालका राजनीतिज्ञभन्दा आफू सय कदम अगाडि रहेको भन्दै आफूले संघीयता ठीक छैन भनेको कुरालाई लिएर अहिले नेकपा ९एमाले० ले पनि प्रश्न उठाइरहेको बताए।

उनले भने, ‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ। लिगल्ली रूपमा पेमेण्ट भएको छ। बैंकहरूले हुण्डीमार्फत पठाएको छ। एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ। ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ। ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ। मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने। दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा। यहाँ अब अमेरिकी सेना छिट्टै आउँदैछन्।’

व्यवसायी प्रसाईंले जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै