Comments Add Comment

Advertisment

SKIP THIS

पुटिनले दिए दुई युक्रेनी क्षेत्रलाई ‘स्वतन्त्र राज्य’को मान्यता

१० फागुन , काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिने घोषणा गरेका छन्।

दुवै क्षेत्रलाई अलग देशको मान्यता दिंदै सोमबार राति विद्रोहीसँग सम्झौतामा हस्ताक्षर भएको छ। उक्त क्षेत्रमा रुसको साथ पाएका विद्रोहीको नियन्त्रण थियो। उनीहरु युक्रेनसँग २०१४ देखि लड्दै आएका थिए।

राष्ट्रपति पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिइसकेका छन्। पुटिनले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनाले भूमिका खेल्ने उल्लेख गरेका छन्।

रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बीबीसीले उल्लेख गरेको छ।

उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्ति चिन्तित छन्।

घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेको समाचारमा उल्लेख गरिएको छ। जसमा रुसी सेनाले दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्ने उल्लेख गरिएको छ।

पुटिनले डोनेट्स्क र लुह्यान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई ‘विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन’ भनेका छन्।

पुटिनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन्। रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै