Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली म्युजिक क्षेत्रमा आफ्नो कर्मले अगाडी बढिरहेकी चर्चित मोडल सन्चिता शाही सम्मानीत

नेपाली म्युजिक भिडिओको क्षेत्रमा बिना बिवादित आफ्नो कर्मले अगाडी बढिरहेकी मोडल सन्चिता शाही सम्मानीत भएकी छिन् । केहि समय अघि दैलेखि सेवा समाज काठमाडौंले उनलाई सम्मान गरेको हो ।

दैलेखलाई प्रतिनिधित्व गर्दै नेपाली म्युजिक भिडिओको क्षेत्रमा गरेको प्रगतीको मुल्यांकन गर्दै उनी समाजद्धारा सम्मानीत भएकी हुन् । उनले पूर्व राज्यमन्त्री कुन्ती कुमारी शाहीको हातबाट सम्मान पत्र ग्रहण गरिन् ।

कलाकारिताको क्षेत्रमा आफ्नो जीवनको महत्वपुर्ण क्षणलाई प्रवाह नगरी लगातार महत्वपुर्ण योगदान पुर्याउनु भएको हुनाले यहाँको उच्च मुल्यांकन गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ । सम्मान पत्रमा लेखिएको छ । सम्मान पत्र ग्रहण गरेसँगै मोडल शाहीले दैलेख सेवा समाज काठमाडौंसँगै समाजका अध्यक्ष प्रताप शाहीलाई धन्यवाद दिएकी छिन् ।

मोडल शाहीले पछिल्लो पाँचबर्षमा झण्डै तीनसय म्युजिक भिडिओमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका गीत मध्ये दुबो हरियो, मायाले फसायो, घायल बनाई, हुरी लगायतका गीत चर्चामा आएका गीत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै