Comments Add Comment

Advertisment

SKIP THIS

समोसामा किरा भेटेपछि अनुगमन टोलीको छापा

१४ साउन , काठमाडौं । सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलीले छापा मारेको छ । सेवा ग्राहीको नास्तामा किरा फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेको हो ।

टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन र होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ । टोलीले गल्ति सुधार गर्न र सरसफाईमा पूर्ण ध्यान दिन होटलका सञ्चालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।अनुगमनको क्रममा उक्त होटलमा अत्याधिक खाने सामग्रीहरु बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए । होटलमा अत्यधिक फोहोर र अव्यवस्थित तरिकाले कर्मचारी खटाइएकोले खाने सामानमा किरा भेटिनु स्वाभाविक रहेको उनले बताए ।

बुधबार दिउँसो चाट नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो । गोलबजारका सेवाग्राही राम भरोसी यादवले किरा परेको समोसा खादा आफू बिरामी परेको दावी गरेका छन्। उनका अनुसार होटलमा सरसफाइको बारेमा पटक–पटक सचेत गराउँदा पनि होटलका संचालक गणेश साहले बेवास्ता गरेका थिए ।

मान्छेको भिडभाड हुने होटलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलबाड भएको पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य देवकुमार यादवले बताए । उक्त होटेल वरपर जिल्ला अदालत,मालपोत कार्यालय ,रेड्क्रस सोसाइटी ,वार एसोसिएसनलगायतका कार्यालय छन् । यसैबीच नास्तामा मरेको माहुरी भेटेको होटेल सञ्चालकले स्वीकारेका छन् । -न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै