Comments Add Comment

Advertisment

SKIP THIS

बृद्धभत्ता खानेहरुको नाममा भएको धार्मिक भ्रमण !

२६ जेठ , काठमाडौ । भनिन्छ , अहिले केन्द्रदेखि स्थानीय निकायसम्म हरेक बहानामा, विभिन्न शीर्षकमा भ्रष्टाचारका रुवरुपहरु दैनिक बदलिएका छन् ।

त्यस्तै काठमांडौको तारकेश्वर नगरपालिका वडा नं.८ अन्तर्गत बसोेवास गर्र्र्र्दै आइरहेका बृद्धबृद्धाहरुको नाममा धार्र्मिक भ्रमण भनी प्राय स् उमेर नपुगेका युवा युवती तथा अन्य आफन्त, चिनजानका मानिसहरुले भरिभराउ गरी करिब ५ वटा गाडिमा मिति २०८१ साल जेठ २६ गते बनेपा हुँदै पलाञ्चोक भगवती मन्दिर दर्शन गर्न लगिएको थियो ।

वडा नं।८ का जनप्रतिनिधिको रोहवरमा उक्त भ्रमण तय गरिएको भनिएता पनि स्थानीय नेतृत्वको चिनजानका तथा नजिकका मानिसहरु जसको बृद्धभत्ता खाने उमेर अभै तीसौं वर्ष बाँकि रहेकाको समेत ब्यापक रुपमा सहभागिता भएको पाइएको थियो । यसरी हरेक पालिकाहरुमा कहिले बृद्धबृद्धाहरुको नाममा त कहिले गरिब असहायहरुको नाममा जनताको रगत र पसिनाले तिरेको करबाट रकम अनेक तरिकाबाट हिनामिना गरिएको छ । यो पनि भ्रष्टाचारको एक रुप हो र यसको लागि छानविन प्रकृया अगाडि बढाउन जरुरी देखिन्छ ।

भनिन्छ बोल्नेको पीठो पनि बिक्छ र नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तो यस तारकेश्वर नगरपालिका भित्र कहिले बृक्षारोपणको नाममा त कहिले बृद्धबृद्धाहरुलाई धार्मिकस्थल घुमाउन लैजाने नाममा यस्ता ब्यक्तिहरुको बोलवाला भएको कुरा स्थानीयको ब्यापक रुपमा गुनासो रहेको पाइएको छ ।

यदि बृद्धबृद्धाहरुलाई यस्ता भ्रमणमा लैजाने हो भने यस वडा भित्र बसोवास गरेका सम्बन्धित सवैसँग परामर्श गरी यस्ता कार्यक्रम आयोजना गर्न उपयुक्त हुने कुरा ठीक होइन र स्थानीय सरकारलाई विभिन्न रुपबाट कर तिरीराखेका हरेक घरमा कोही न कोही बृद्धबृद्धाहरु रहेको पाइन्छ भने यस्तो अवस्थामा राज्यलाई कर सवैले तिर्ने अनि बृद्धबृद्धाहरुको नाममा जवान युवायुवतीहरुले मौकाको फाइदा उठाउने यस्ता अनैतिकताको पराकाण्ठा कहिलेसम्म यो प्रबृत्तिको अन्त्य कहिले हुन्छ सम्बन्धित निकायले यसको छानविन गर्ने या नगर्ने यदि यसको छानविन नगर्ने हो भने फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिन हाम्रो मिडिया टिम बाध्य हुनेछ ।

अन्यथा यस्ता कामकारवाही गर्दा सम्बन्धित सरोकारवाला ब्यक्तिहरुको सहभागिता तथा सरसल्लाहमा तय गर्दा उपयुक्त होला कि त रु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै