काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले डान्सबारमा लगी ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले केही दिन अघि काठमाडौं घुम्न आएकाका भारतीय नागरिकहरुलाई खाने बस्ने राम्रो व्यबस्था गरिदिनुको साथै नेपाल घुम्नको लागी सहज बनाई दिने भन्दै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-४ घर भई हाल माछापोखरी बस्ने अर्जुन कुवँर,काभ्रेको मन्दनदेउपुर घर भई हाल सिनामंगल बस्ने सुभ कुमार तामाङ, सुनसरी रामधुनी नगरपालिका-७ घर भई हाल चाबहिल बस्ने बर्ष ४० को ईन्द्र काफ्ले,
धादिङको खनेबास गाँउपालिका-१ घर भई हाल सिनामंगल बस्ने सुमिना तामाङ, मकवानपुरको राक्षरानघाटेचोक नगरपालिका-२ घर भई माछापोखरी बस्ने रिया साह ठकुरी र धादिङको खरियाबास घर भई हाल माछापोखरी बस्ने आस्मा तामाङ रहेकी छन् ।

उनीहरुले नागरिकहरुलाई रातोपुलमा रहेको ज्याक डेनिस डान्सबारमा लगेर महिला कर्मचारीको संलग्नतामा डर त्रासमा पारी भारतीय रुपैयाँ २८ हजार मोबाईल सेवा मार्फत ट्रान्सफर गरेका थिए ।
उनको साथमा रहेको नगद ५ हजारसमेत लिई लुटपाट गरेका थिए । उनीहरुमाथि आपराधिक बिश्वासघात कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







