Comments Add Comment

Advertisment

SKIP THIS

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात : दुई प्रहरी घाइते, ५ जना पक्राउ

३० फागुन , काठमाडौ । सिन्धुली र नवलपरासीपूर्व जिल्लाको छुट्टाछुट्टै स्थानबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका-६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका(७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बा।५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका(३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय देव बहादुर विक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपश्चात प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । हातपातबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरू मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment