Comments Add Comment

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित झापा र माेरङबाट ५ जना पक्राउ

२१ भदौ , काठमाडौं । झापा र मोरङबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।

लेटाङ-४ मोरङका सनिप राई र पूर्णप्रकाश मगर र मेचीनगर-७ का रोहित मण्डलको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरू मोटरसाइकलमा भारतबाट आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

यसैगरी प्रहरीले दमक-२ खरखरेमा शंकास्पद अवस्थामा हिँडिरहेका दमक-२ का ४१ वर्षीय भीमबहादुर खत्रीलाई ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

भारतबाट नेपाल आउँदै गरेका सुन्दरहरैचा-२ का २८ वर्षीय ज्ञानदीप चौलागाँईलाई समेत ७५० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

उनी विरटनगरस्थित रानी भन्सारको १ नम्बर ढाटबाट चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment