Comments Add Comment

Advertisment

SKIP THIS

चितवन प्रहरीको सफलता : २५ वर्षअगाडि भएको बलात्कार घटनाका फरार दोषी पक्राउ

१ साउन , काठमाडौ ।  जिल्ला प्रहरी कार्यालय चितवनले २५ वर्षअगाडि भएको बलात्कार घटनाका फरार दोषी पक्राउ गर्न सफल भएको छ। पक्राउ हुनेमा राप्ती–८ बस्ने रामचरणप्रसाद गौतम रहेको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

विसं २०५५ सालमा भएको घटनामा सोही वर्ष जेठ ६ गते चितवन जिल्ला अदालतबाट भएको फैसलाले बलात्कार आरोपमा उनी ३ वर्ष ११ महिना ६ दिन सजाय भागीदार भएका थिए । तर, उनी सजाय भुक्तान नगरी फरार अवस्थामा थिए । गाउँकै एक महिलालाई बलात्कार गरेको आरोपमा उनीमाथि मुद्दा चलेको एसपी कार्कीले बताए ।

तत्कालीन वीरेन्द्रनगर गाविस वडा नं–२ हाल राप्ती नपा वडा नं–८ बस्ने वर्ष ६६ को रामचरणप्रसाद गौतमलाई चितवन प्रहरीले असार २८ गते पर्सा जिल्लाबाट पक्राउ ग¥यो ।

वीरगन्ज महानगरपालिका वडा नं–८ बाट पक्राउ गरी असार २९ गते चितवन अदालतमा उपस्थित गराएको एसपी कार्कीले जानकारी दिए । वीरगन्जमा लुकीछिपी मजदुरी गरेर बसेको अवस्थामा गौतम पक्राउ भएका हुन् । फैसला कार्यान्वयन अभियानअन्तर्गत खोजी गर्ने क्रममा गौतम पक्राउ परेको एसपी कार्कीले बताए ।

एसपी रामेश्वर कार्कीले चितवनको प्रहरी कमाण्ड सम्हाले सङै फरार अभियुक्त ४ सय ७५ पक्राउ

चितवन प्रहरीले गत साउनदेखि असार महिनासम्ममा ४ सय ७५ जनालाई पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय भुक्तान नगरेकाहरु पक्राउ भएका हुन् । अदालतसँगको समन्वयको आधारमा फरार व्यक्तिहरु पक्राउ भई बाँकी कारबाहीका लागि अदालतमा पेस गर्ने गरिएको एसपी कार्कीको भनाइ छ ।

अन्य महिनाको तुलनामा पछिल्लो दुई महिनामा उल्लेखनीय प्रगति भएको एसपी कार्कीले बताए । गत जेठ महिनामा १ सय ५८ र असारमा ५३ जना फरार व्यक्तिहरु पक्राउ परेको एसपी कार्कीले बताए । उनीहरुबाट १ करोड ३० लाख ६७ हजार रूपैयाँ जरिवाना असुल र ८० वर्ष १० महिना ७ दिन कैद असुल गरिएको छ । प्रहरीले यस्ता फरार अपराधीहरु खोज्नका लागि विशेष टोली नै परिचालन गर्ने गरेको छ ।

४ सय ७५ जना पक्राउ परेपछि असी प्रतिशत मानिसहरु अदालतमा ठीक तरिकाले लगत नकाटेका कारण पुन पक्राउमा परेको उनको भनाइ छ । ‘अदालतमा सजाय भुक्तान गर्न बाँकी रहेको भनी जनाउ भएका कतिपय मानिसहरुले आफूले सजाय भुक्तान गरेको प्रमाण दिने पनि गरेका छन्’, उनले भने, ‘रेकर्ड राख्ने प्रणाली व्यवस्थित नहुँदा प्रहरीले पनि हैरानी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै