१६ साउन , काठमाडौं । अनावश्यक ब्यक्तिलाई अर्थमन्त्रालयमा घुसाएर करको दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्रीलाई पूनर्वहाली गराएर देउवा र दाहालले पून फेरि लोकमतको हुर्मत लिएका छन । र, सवैतिर आफ्नो अधिनायकवादी शासन लादेको आरोप फैलिएको छ । सत्ता जसरी पनि आफ्नो हुकुम प्रमांगीमा चल्छ भन्ठानेर मनलाग्दी गर्दै आइरहेका छन देउवा र दाहालले ।
गठबन्धनमा सामेल एकीकृत समाजवादीका नेताद्वय: नेपाल र जसपाका नेता यादब भने देउवा र दाहालका हलगोरु बनेका छन ता कि , जुवामा नारा, जोतारा लगाएर बाँधिएका र जता पुच्छर निमोठ्छन उतै दौडिन तयार भए झै अमुक बनेर केपीलाई मात्र सत्तोसराप गरेर बसेका छन । देशको आर्थिक स्थिति यसै त डामाडोल पारेर दोषी ठहराएर नै बाध्य भएर राजिनामा दिएका शर्माले अर्थका कर्मचारीलाई भनिसकेका थिए कि, ” अब म आउन सम्भव छैन !” तर सत्ताको बागडोर आफ्नो हातमा लिनको लागि जोसँग जे सम्झौता पनि गर्न तयार दाहालले देउवालाई मनाएरै पून: शर्मालाई नै नियुक्ति दिनुको पछाडि थुप्रै रहस्यहरु लुकेका छन: साढे ४ अर्बमा २ हेलिकप्टर खरिद, अन्तशुल्क स्टिकर , इन्धनमा निजी क्षेत्रको वर्चश्व कायम राख्न, धितोपत्र ब्रोकरको लाइसेन्स थप , नयाँ बिमा खोलिंदै , अध्ययनबिना नयाँ स्टक एक्स्चेन्ज, प्रदेश र संघको चुनावमा आर्थिक पाटो , पार्टीमा महासचिबको दावी गर्ने डर , गरेका गल्तिहरुको ढाकछोप, आगामी चुनावमा जनताको अगाडि साख्य बन्न ।
अन्यथा शर्मा बिरुद्द उच्चस्तरीय न्यायिक छानविन समिति या बिज्ञहरुको एक स्वतन्त्र आयोग गठन गरेको भए कम्सेकम यिनीहरुको निर्लज्जताको पराकाष्ठा छर्लङ हुन्थ्यो । यहाँ त सत्तापक्षकै बहुमत सांसदको मिलेमतोमा सार्वजनिक महत्वको बिधेयक पारित गरेजस्तो नाटक पो देखियो र त देशको जुनसुकै क्षेत्रमा पनि देउवा र दाहालको हुकुम प्रमांगी चलेकोले यत्र तत्र सर्वत्र निन्दाको पात्र बनेका छन उनीहरु ।





