Comments Add Comment

Advertisment

SKIP THIS

चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ

२१ जेठ, काठमाडौ । दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ३ सय ४५ रुपैयाँ, तास, पासा गोटी १६ थान, पासा डन्डी ३ थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पसा बोर्ड १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment