Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

३ असार ,काठमाडौ । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ३ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-२ घर भएकी २० वर्षीया सबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा घले समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै