Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

२८ जेठ काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलालाई बेन्चमा राख्दै आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मैदान उतारेको छ ।

नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनमा छ । यसअघिको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल यसअघि अमेरिकासँग भएको चार खेलमा तीनमा जित निकालेको थियो । एक खेलमा अमेरिकाले जित निकालेको थियो ।

नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, देव खनाल, आरिफ शेख, आदिल अन्सारी र सुशान भारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

Advertisment

छुटाउनुभयो कि? सबै

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल