Comments Add Comment

Advertisment

SKIP THIS

स्कुटर चोरी गर्ने नौ जनालाई प्रहरीले भक्तपुरको थिमीबाट पक्राउ

काठमाडौं । प्रहरीले स्कुटर चोरी गर्ने नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बस्ने ओखलढुंगा घर भएका १९ वर्षीय अबिन श्रेष्ठ, सोही नगरपालिका–९ बस्ने मकवानपुर घर भएका १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भएका १९ वर्षीय आयुष गोले तथा अन्य ६ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बाट बा.५७ प ९९५७ नम्बरको स्कुटर शुक्रबार र सोही नगरपालिका–८, बोडेबाट बा.७७ प ३३५९ नम्बरको स्कुटर आइतबार चोरी भएको थियो । सो घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले उनीहरूलाई मध्यपुर थिमी नगरपालिका–९ बाट स्कुटरसहित पक्राउ गरेको हो ।

उनीहरूउपर चोरीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरूले समूह नै बनाएर चोरी गर्न थालेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै