Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

२० असोज , काठमाडौ । सरकारमा जाने मन्त्रीहरूको नामबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)को बैठक बस्दैछ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि मन्त्रीको नामबारे छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठक केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ। यसअघि अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्।

अब माओवादी केन्द्रले ३ मन्त्री र १ राज्यमन्त्रीलाई सरकारमा पठाउन पाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment