३ आश्विन , काठमाडौं । कञ्चनपुरमा तीन जनाको शव सडेको अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।
आइतबार साँझ तीन जनाको शव भेटिएको र सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।


