Comments Add Comment

Advertisment

SKIP THIS

झुट्ठा विवरण पेश गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गर्ने ब्यक्ति पक्राउ

१० पुष , काठमाडौं । झुट्ठा विवरण पेश गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गरेको अभियोगमा सर्लाही त्रिभुवननगर गाविस-१ ठेगाना भएका ३९ वर्षीय मोहमद नुर आलमलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ कलंकी खसीवजारबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस-१ मा बसि मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेश गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानी समेत प्राप्त गरेको खुल्न आएको छ ।

उनलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै