Comments Add Comment

Advertisment

SKIP THIS

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

.(महेन्द्र सिंह)

६ भदौ , काठमाडौ । गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेस यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा नेपालगञ्जबाट गएको लागुऔषध ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारी र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

शंकास्पद देखिएपछि चेकजाँच गर्दा यादवको हाफ पाइन्टको दाहिने गोजीमा २७ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

ललितपुरका मिटरब्याजी पक्राउ

शिशु चोरीको आरोपमा तीनजना पक्राउ

बाल विवाहको आरोपमा दुई जना पक्राउ