१२ पुष काठमाडौ । राजविराजबाट काठमाडौंको लागि त्यारी अवस्थमा राखिएको बसको डिकिबाट लागुऔषध बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।

गोप्य सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले राजविराज नगरपालिका वडा नम्वर २ स्थित गुलाब ग्यारेज अगाडी बस पार्कीङ गरी राखेको अवस्थमा चेक जाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद भएको सप्तरीका एसपी अविनारायण काफ्लले जानकारी दिए ।

राजबिराजको रात्री बसबाट ठुलो परिमाणमा लागु औषध काठमाण्डौ तर्फ ओसार पोसार गर्दै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटी गई चेकजाँच गर्दै जाँदा जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नं.२ स्थितमा हिमालय राईस मिल गुलाब ग्यारेज अगाडी ना.८ ख.५८३७ नम्बरको बिशाल मेट्रो नाम गरेको बस पार्कीङ गरी राखेको अवस्थामा खानतलासी गरेको हो ।

खानतलासी गर्दा लागु औषध फेला पारी नियमानुसार बरामद गरेको उक्त नम्बरको बसको सहचालक जिल्ला सप्तरी कंचनरुप नगरपालिका वडा नं.८ बस्ने राम बहादुर भुजेलको छोरा बर्ष ३६ को संजय भुजेल नाम गरेको ब्यक्तिलाई तत्काल नियन्त्रणमा लिएको अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी बोदेबरसाईन नगरपालिका वडा नं.५ जाँजर बस्ने मो.समिम मियाँको छोरा बर्ष २१ को मो.अब्दुल नाम गरेको ब्यक्तीले अटो रिक्सामा लोड गरी ल्याएको अनुसन्धानाबाट खुल्न आई निज समेतलाई पक्राउ गरी सोही स्थानबाट थप DIALEX-DC – बोतल फेला पारी वरामद गरी संजय भुजेल र मो.अब्दुलको हकमा सप्तरी जिल्ला अदालतबाट म्याद लगायतको कानुनी प्रकृया भई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
साथै जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.०१ स्थित पुर्व पश्चिम लोक मार्गको कंकालिनी मन्दिर अगाडी शंकास्पद मानिस तथा सवारी साधन चेकजाँच गर्ने क्रममा पुर्वबाट प्र-०१-००१ प.३१४० न.को मोटरसाईकल चढी पश्चित तर्फ आई रहेको अवस्थामा रोकी चेकजाँच गर्दा मोटर साइकलमा सवार रहेका दिपेन्द्र कुमार महतोको साथबाट ब्राउन सुगर ८ ग्राम ५५० मिलि ग्राम लागु औषध फेला पारी बरामद गरी उक्त मोटर साइकलमा सवार रहेका माथि उल्लेखित दुबै जना मानिसहरुलाइ पक्राउ गरी लागु औषध मुद्दा शिर्षकमा सम्मानित अदालतबाट म्याद थप भई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको ।






