Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको बानेश्वरबाट प्रहरीले ३६ जना नेपाली र १ जना चिनियाँ पक्राउ

१० फागुन, काठमाण्डौं । काठमाडौंको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना नेपाली र १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

हिजो उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए । पक्राउ पर्नेमा एकजना चिनियाँ नागरिक, १३ जना नेपाली महिला र अरु नेपाली पुरुष छन् । पुरानो बानेश्वरमा रहेको ‘लेमन कल सेन्टर’बाट उनीहरु पक्राउ परेका हुन् ।

कल सेन्टर चिनियाँको लगानीमा सिन्धुली घर भएका दीपक श्रेष्ठको नाममा दर्ता भएको छ । एसएसपी गिरिका अनुसार चिनियाँ नागरिकले राखेका कर्मचारीले पैसा नदिने भारतीयलाई ह्वाट्स एपमार्फत ब्ल्याकमेल गर्ने गरेका थिए ।

दीपक श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । पहिले कल सेन्टरमा काम गर्ने दिपक मार्फत लगानी गरेर चिनियाँले अनलाईन एप्स मार्फत भारतीय नागरिकहरुलाई ‘लोन’ सापटी दिने गरेका थिए । ६ दिनसम्म भारतिय रुपैयाँ २ देखी ७ हजार लगानी गर्ने र सो समयभित्र नतिरेमा ‘मिटर ब्याज’ असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment