Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ

काठमाडौं । मकवानपुरमा तास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका–५, चिसापानीस्थित शोभा कुईंकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय राकेश शिवाकोटीसहित नौजना छन् । शनिबार (हिजो) साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ६७ हजार २८० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै