Comments Add Comment

Advertisment

SKIP THIS

घोराही खानेपानी अध्यक्षका दाबेदार डिसि र केसि प्रतिष्पर्धामा कसलाई दिन्छ पार्टीले टिकट ?

१४ असार , काठमाडौं । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थामा बार्षिक बजेट आकर्षक र राम्रै देखीन्छ । ठुलो बजेटका कारण पनि सबैले अँाखा लगाउने सस्था अहिले बनिरहेको छ । सस्था अधिबेशनको तयारिमा लागीरहेको बेला नेतृत्व हत्याउन कांग्रेस भित्रबाट पुराना र युब पङ्क्तीबाट आकाङ्क्षीहरु लागि परेका छन ।

अहिले छिट्टेै टेण्डरको तयारिमा बबई खानेपानी लिफ्ट आयोजना छ । डिपिआर तयार पनि भइसकेको छ । नयाँ अध्यक्ष आउनासाथ यो टेण्डर खुल्नेछ । ६५ करोडको यो टेण्डर नयाँ अध्यक्षले गर्ने भएपछि नेतृत्वको लागि आकाङ्क्षि बढेको छ । त्यसमा स्थानीय, प्रदेश र संघले पनि खानेपानीलाई प्राथमिकता दिएर राम्रो बजेट दिने गरेका छन ।

बार्षिक ५ देखि ६ करोडको बजेट खानेपानि सस्थाको हुन्छ । कुनै बिशेष आयोजनामा त्यो बजेट बढेर पनि आउछ । सस्थाका कोषाध्यक्ष धुर्ब केसिले खानेपानि सस्थाको बार्षिक बजेट ५ देखि ६ करोडको हुने र बिशेष खानेपानी आयोजनाका लागि ठुलै बजेट आउने गरेको बताए । अहिले अध्यक्षको दौडमा कोषाध्यक्ष केसि र बर्तमान अध्यक्ष देबिबहादुर डिसि छन । अध्यक्षका बलियो दाबेदार डिसि र केसि चुनाबि प्रचारलाई ब्यापक बनाएका छन । दुबै जना नेतृत्व छोड्ने पक्षमा छैनन । सातौ कार्यकालको लागि डिसि अध्यक्षको प्रतिष्पर्धामा छन ।

अहिले युबालाई नेतृत्व हस्तान्तरण गर्न कांग्रेसबाट डिसिलाई दबाब परेपनि उनि स्वतन्त्र उम्मेद्वारी दिने बताइरहेका छन । यसअघि सबै दल मिलेर चुनाब लड्दा पनि डिसिले अध्यक्ष जितेका थिए । तर, उनकै पार्टीबाट अध्यक्षमा लड्ने बताइरहेका केसि पनि अध्यक्ष डिसिको पहिलेको जस्तो माहोल अहिले नरहेको दाबी गर्छन । उनले आफु चुनाब लडे भारी मतले जित्ने बताए ।अहिले कांग्रेसका नेताहरु डिसिलाई नेतृत्व दौडबाट बसाल्न लागि परेको भन्दै अन्तिममा पार्टीबाट अध्यक्षमा टिकट आफुले पाउने बिश्वास ब्यक्त गरे । डिसि स्वतन्त्र उठे पनि अघिल्लोपटक एमाले र माओबादीले उम्मेद्वारी दिएका थिएनन् । उनले एमाले र माओबादीबाट सहयोग पाएर यो भन्दा अघि खानेपानीको अध्यक्षमा स्वतन्त्रबाट चुनाब जितेका थिए । कांग्रेस भित्र किचलो बढ्दै गएपछि एमालेले खानेपानिको अध्यक्षमा दाङ उबासंघका पुर्ब अध्यक्ष नारायण भुसाललाई उठाउने गरि पार्टी भित्र छलफल चलाईरहेको छ । भुसालले केही दिन अघि फेसबुकमा कुनै पनि सस्थाको कार्यकारि पदमा रहेर काम गर्ने इच्छा ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै