Comments Add Comment

Advertisment

SKIP THIS

हात्ती गाउँ प्रवेश गर्न थालेपछि त्रास

२० पुष , काठमाडौं । त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् । खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा प्रवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरू त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताए ।

एक हप्तादेखि रातको समयमा हात्तीको बथान नजिकैको चुरिया जंगलबाट गाउँ प्रवेश गर्ने गरेको बताइएको छ । हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि आफूहरू रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको खैजनपुरकै देवलाल चौधरीले बताए ।

जोगिदहको मोथ्याई तथा सोमबारे क्षेत्रमा समेत केही दिनदेखि हात्तीको बथानले नोक्सानी गर्न थालेको छ । गाउँ प्रवेश गरेर नोक्सानी गर्न थालेपछि गाउँलेहरु रातभरि हात्तीको डरले एक ठाउँमा भेला भई बस्न बाध्य हुनुपरेको जोगिदह मोथ्याईका देवराज कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै