Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको गोदावरीबाट नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ

ललितपुर – ललितपुरमा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले बताए ।

पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ का २१ वर्षीय भुपाल विक छन्।

एसएसपी सिद्धिबिक्रम शाहका अनुसार
आइतबार सुरेशले झरवारासीमा दिनेश थपलियाको किराना पसलबाठ पाँच किलो मैदा र दुई लिटर खानेतेल खरिद गरेका थिए। उनले एक हजारको नोट दिएकोमा पछि थपलियाले उक्त नोट नक्कली भएको शंका मानेर प्रहरीलाई खबर गरेका थिए।

तत्कालै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको टोलीले सुरेशलाई पसल नजिकै नियन्त्रणमा लिएको थियो। शरीर खानतलासी गर्दा उनको साथबाट नेपाली रुपैयाँ एक हजारको नोट एक थान, पाँच सयको एक थान र एक सयको एक थान फेला परेका थिए। जाँच गर्दा उक्त नोटहरु नक्कली भएको पाइएपछि सुरेशलाई नियन्त्रणमा लिएको एसएसपी शाहले बताए ।

अदालतबाट मुद्रासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले विकको पनि संलग्नता रहेको खुलाएका थिए। त्यसपछि भने प्रहरीले विकको खोजतलास गर्ने क्रममा विकलाई गोदावरी नगरपालिका–११ बज्रबाराहीबाट नियन्त्रणमा लियो।

बिहीबार नियन्त्रणमा लिइएका विकको साथबाट पनि प्रहरीले नेपाली रुपैयाँ पाँच दरको एक थान र एक सय दरको एक थान फेला पारेको थियो। यस्तै उनी बस्ने डेरामा खानतलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाण लाग्ने फोटोकपी/प्रिन्ट मेसिन एक थान बरामद गरिएको एसएसपीले बताएका छन् ।

साथै उनको कोठामा नेपाली रूपैया एक हजार, पाँच सय र एक सय दरका नोटको फोटो कपि गरिएको कागजातहरू समेत फेला पारी रितपूर्वक बरामद गरी उनलाई नियन्त्रणमा लिई सम्मानित ललितपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै