Comments Add Comment

Advertisment

SKIP THIS

अनिताले ल्याइन् ‘मितिनी’ (भिडियो)

१६ साउन , काठमाडौ । कलाकार अनिता बस्नेतको निर्देशन र लेखनमा मौलिक फिल्मस् प्रा।लि।ले धारावाहिक टेलिश्रृङ्खला ‘मितिनी’ सार्वजनिक गरेको छ । सोमबार खीर खाने दिवसको अवसरमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरि ‘मितिनी’को उद्घाटन गरिएको हो ।

सार्वजनिक टेलिश्रृङ्खलामा गाउँघरकै परिवेशलाई समेटेर दर्शकलाई भरपुर मनोरञ्जनका साथ नयाँ सन्देश पनि दिइएको छ । मितिनीले गाउँघरमा देखिएका सामाजिक विषय वस्तुलाई उठान गरेको छ ।

आफू जन्मिएको ओखलढुङ्गाको बहुजातीय पाटोलाई मितिनीमा देखाउने प्रयास गरिएको निर्माता तथा निर्देशन बस्नेतको भनाइ छ । उनका अनुसार समाजमा नातागोता र साइनाहरू कसरी गाँसिन्छन् त्यो मितिनीमा देखाउने प्रयत्न गरिएको छ ।

अझैँ पनि समाजमा आफ्नो वंश र गोत्रभन्दा बाहिरका महिला–महिलाबीच, पुरुष–पुरुषबीच दुई व्यक्ति मित–मितिनीको सम्बन्धन गाँस्ने चलन छ । मितिनीमा अनिताको मितिनीका रुपमा सविना आचार्य रहेकी छन् ।

हल्का रमाइलो टेलिशृंखलामा राजु मास्टरको श्रीमतीको भूमिकामा दर्शले खुबै रुचाएका बस्नेतको यो टेलिशृंखलामा अनिता, सबिनासँगै सविन बास्तोला, रोशनी सापकोटा, इन्द्रजित चौलागाईँ, गीता थापा, एकिन्द्र सरशंकर, लेखान्त भुसाल, रमेश बुढा मगर, उषा सुवेदी, राजु सिङ्ग, प्रताप बस्नेत, सम्झना बस्नेत, इन्द्रबहादुर थापालगायतको अभिनय देख्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै