Comments Add Comment

Advertisment

SKIP THIS

पोखराबाट प्रहरीले सुन र चाँदीका साथै झन्डै ६३ लाख नगदसहित एक जनालाई पक्राउ

काठमाडौं: जिल्ला प्रहरी कार्यालय कास्कीले सुनसहित पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो ।

कास्कीको पोखरामा ६/६ किलो सुन र चाँदीका साथै झन्डै ६३ लाख रूपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो।

उक्त सूचनापछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे सुरजितको कोठामा छापा मारेको थियो।

मंगलबार बिहान साढे ४ बजेसम्म कास्कीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कार्यालयका प्रमुख एसपी मोहन थापाले जानकारी दिए।

उनको कोठामा फेला परेका गहना र नगदको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। मंगलबार साँझ प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो।

प्रहरीले सुरजितबाट सुनका गहना, काँचो सुन, सुनको बिस्कुट गरी जम्मा ६ किलो ६९ ग्राम सुन बरामद भएको छ।

६ किलो चाँदी पनि बरामद भएको छ।

त्यस्तै ६२ लाख ८१ हजार रूपैयाँ नगद पनि प्रहरीले बरामद गरी सार्वजनिक गरेको हो।

एउटा मोबाइल, आधारकार्ड, १३ वटा चेक, दुई वटा डायरी र ७ वटा रजिस्टरहरू बरामद भएका छन्। सुरजितमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा पठाउने प्रहरीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै