Comments Add Comment

Advertisment

SKIP THIS

मोबाइल लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

२३ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर चोकस्थित श्रीनगर फेन्सी कपडा पसल र सोही ठाउँबाट एक महिलाको साथबाट मोबाइल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महाबौद्ध बस्ने नुवाकोट मेगाङ गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय बिक्की अर्याल र काठमाडौं बागबजार बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ ठेगाना भएका २८ वर्षीय राम श्रेष्ठ रहेका छन् ।

उक्त स्थानबाट शुक्रबार दिउँसो मोबाइल लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्वर चोकबाट शंखमुलतर्फ जाने बाटोमा मोवाइल लुटपाट गर्ने बिक्की अर्याल तथा लुटपाट गरी ल्याएका मोबाइल छन् भनी जानी जानी मोबाइल खरिद गर्ने रामलाई लुटपाट गरेका ९ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment