अवैध गाँजासहित दुई जना पक्राउ -
Comments Add Comment

अवैध गाँजासहित दुई जना पक्राउ

३० पुष , काठमाडौं । सिन्धुलीको छुट्टाछुट्टै स्थानबाट अवैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय डकाहा र इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुधौली नगरपालिका–५ तलखापुलबाट अन्दाजी ५ के.जी. गाँजासहित सोही नगरपालिका–१० का ४२ वर्षीय हर्क बहादुर तामाङलाई पक्राउ गरेको हो ।

तामाङको हरियो रंगको झोला चेकजाँच गर्दा उक्त झोलाभित्र अन्दाजी ५ के.जी. गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेका तामाङमाथि जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, घ्याङलेख गाउँपालिका–२ चालिसे बगरबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय धनकुमार वाईबा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले वाईबाको घरमा लुकाई छिपाई राखिएको अवस्थामा आठ सय सत्ताईस ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment