नारायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरे -
Comments Add Comment

नारायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्र न्त्रीको पदभार ग्रहण गरेका छन् । पूर्व गृहमन्त्रीसमेत रहेको श्रेष्ठले बुधबार सपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् ।

 

पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेकाहरुको हितका रक्षा गर्ने कुरालाई महत्वपूर्ण अंग बनाउने बताएका छन् । ‘वैदेशिक रोजगारमा रहेको सबै नेपालीको हितका रक्षा गर्ने कुरालाई हामीले आफ्नो कार्यभारको अभिन्न महत्वपूर्ण अंग बनाउनेछौं,’ उनले भने ।

पहिलो प्राथमिकता देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधिनताको रक्षा र प्रवद्र्धन गर्नु रहेको परराष्ट्रमन्त्री श्रेष्ठले सुनाए । ‘मेरो पहिलो प्राथमिकता यो देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधिनताको रक्षा र प्रवद्र्धन गर्नु हो । हरेक देशका नागरिकको पनि यो जिम्मेवारी हो । तर, मुलत यसमा सरकारले भूमिका खेल्नुपर्ने हुन्छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै