८ असार , काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ ।बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो ।
प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । उपचारपछि निको भएको क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको नेमकिपाका नेता चैत्यराज शाक्यले जानकारी दिए ।उनका दुई छोरा सुवेग र सुवान छन् । अष्ट्रेलियामा रहेका सुवान आएपछि मात्र अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।



