Comments Add Comment

जितपुर माध्यमिक विद्यालयले ICT सामग्री खरिदका लागि कोटेशन आह्वान

काठमाडौँ, तारकेश्वर – जितपुर माध्यमिक विद्यालय, किसण्डोलले संघीय सरकारको ICT व्यवस्थापन अन्तर्गत रु. ६ लाख ५० हजार बराबरको ICT सामग्री खरिदका लागि कोटेशन आह्वान गरेको छ।

विद्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक फर्म वा कम्पनीहरूले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ।

विद्यालयका अनुसार उपलब्ध गराइने सामग्रीहरूमा इन्टरनेट सम्बन्धी सम्पूर्ण सामग्री, स्मार्ट बोर्ड, ई-अटेन्डेन्स र सफ्टवेयर, CCTV क्यामेरा, ल्यापटप, पावर ब्याकअप सेट तथा CCTV मोनिटर लगायतका सामग्रीहरू समावेश छन्।

विद्यालयका निमित्त प्राचार्य डा. अभय ढकालद्वारा हस्ताक्षरित सूचनामा ICT सामग्री उपलब्ध गराउने इच्छुक व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

अधिक जानकारीका लागि विद्यालयले आफ्ना आधिकारिक माध्यमहरू — इमेल jitpur213@gmail.com र सम्पर्क नम्बर ९८५१०७२९५६ — मा सम्पर्क गर्न सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै