Comments Add Comment

Advertisment

SKIP THIS

रुसी सेनामा भर्ती गराइदिन्छु भन्दै ३ लाख ठगी, भिजिट भिसामा रुस पठाउने बिनिता पक्राउ

काठमाडौँ । रुसी सेनामा भर्ती गराइ दिन्छु भन्दै नक्कली कागजात तयार पारी भिजिट भिसामा रुस पठाउने एक महिला पक्राउ परेकी छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लमजुङ दूधपोखरी–१ घरभई हाल काठमाडौं टोखा बस्ने बिनिता गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङले एसएलसी फेल भएका भिमबहादुर बुढाको नक्कली कागजात तयार पारेर भिजिट भिसामा रुस पठाएको प्रहरीले जनाएको छ । गुरुङले बुढालाई रुसी सेनामा भर्ती गराइदिने आश्वासन दिएर रुस पठाएको पाइएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

रुस जान ६ लाख ५० हजार लाग्ने भन्दै बुढाबाट गुरुङले पटक–पटक गरी ३ लाख ४६ हजार रकम बुझेको पाइएको छ । ‘रुसी सेनमा भर्ती भएपछि मासिक तीन लाख आउँछ भन्ने आश्वासन दिइएको रहेछ,’ एसपी रेग्मीले भने, ‘त्यो रकम बुझेर भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू नक्कली बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर रुस पठाइएको रहेछ ।’

रुस पुगेपछि त्यहाँको एयरपोर्टमा बुढाको कागजात नक्कली भन्दै फिर्ता पठाइएपछि यो कुराको खुलासा भएको हो । ‘त्यहाँबाट फर्किएर बुढाले आफू ठगिएको उजुरी वैदेशिक रोजगार विभागमा दिएपछि सोमबार हामीले पक्राउ गरेका हौं,’ एसपी रेग्मीले भने । गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै