Comments Add Comment

Advertisment

SKIP THIS

चोरीका २४ वटा मोटरसाइकलहरु सम्बन्धीत धनीलाई हस्तान्तरण

१ असोज ,काठमाडौ । आजमात्रै विभिन्न मितिमा हराएका २४ वटा मोटरसाईकल आज एक कार्यक्रमका वीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गर्नु भएको हो ।

उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न निरन्तर रूपमा बिशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हाँसिल गर्दै आएकोछ । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाईकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एव भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ । 

कार्यक्रममा बोल्नुहुदैँ एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताउनुभयो । उहाँले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताउनुभयो ।

कसरी चोरिन्छ त मोटरसाइकल ?

चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाईकलहरु कता जान्छन् ? कसरी चोरिन्छ ? तपाईको मनमा जिज्ञासा उठ्न सक्छ । ट्राफिक प्रहरीको अनुसन्धान अनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ ।

यसरी चोरी गर्नुपुर्ब उक्त मोटरसाइकल र चालकको गतिबिधी निग्रानी गर्ने, मौकाको खोजि गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन भने संलग्न सदस्यहरुको आ-आफ्नै भुमिका हुने गर्दछ । चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको, पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै