Comments Add Comment

Advertisment

SKIP THIS

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको

१९ बैशाख , काठमाडौं । नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो ।

वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र करण केसीले १–१ विकेट लिए ।

यसअघि आइतबार भएको पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ‘ए’ टोलीसँग सिरिज खेल्न लागेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बाब्वे ‘ए’ बीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै