Comments Add Comment

Advertisment

SKIP THIS

आईसीसी टी–ट्वान्टी विश्वकप : आयरल्यान्ड र अफगानिस्तान बीचको खेल रद्द

११ कार्तिक , काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र आयरल्यान्ड बीचको खेल वर्षाको कारण रद्ध भएको छ । शुक्रबार पहिलो खेलमा नेपाली समय अनुसार बिहान ९ः ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु तालिका थियो । तर, वर्षाका कारण खेल टस पनि नभएर सकियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । यो खेल रद्द भएसँगै सुपर १२ को समूह ए मा आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ ।

अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित ३ अंकका साथ शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

टोटेनहम र ब्राइटनको खेल रद्द

Advertisment

छुटाउनुभयो कि? सबै

टोटेनहम र ब्राइटनको खेल रद्द