Comments Add Comment

Advertisment

SKIP THIS

तीन एसपीको सरुवा, नवलपरासीमा एसपी फुयाल

१ असार , काठमाडौ । प्रहरी प्रधान कार्यालयले तीन एसपीको काज सरुवा गरेको छ । सरुवामा पश्चिम नवलपरासीका एसपी फेरिएका छन् ।

त्यहाँ कार्यरत एसपी काजी कुमार आचार्यलाई हटाएर ज्ञानेन्द्र फुयाललाई पठाइएको छ । फुयाल मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । आचार्यको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यरत एसपी हरिहरनाथ योगीको प्रधान कार्यालयको जनसम्पर्क शाखामा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका एसएसपी र एसपीको पनि पदस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment