Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा बालेनले कटाए १० हजार, स्थापितको भन्दा पाँच हजार बढी मत

०३ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २४१ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार ४५३ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ७४२ मत पाएकी छन्।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ९ हजार ४१९ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले दुई हजार ४७५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै