Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीका ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा

१३ साउन , काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्रहरी निरीक्षक ९इन्स्पेक्टर० हरूको प्रहरी नायब उपरीक्षक ९डीएसपी० मा बढुवा भएको छ ।

साधारण समूह, लेखा उपसमूहतर्फ पाँच र कानून उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्रटको डीएसपीमा बढुवा भएको हो । गृह मन्त्रालयका सचिवस्तरको बिहीबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो ।

बढुवा हुनेमा लेखा उपसमूहतर्फ प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेशकुमार सिंहको तथा कानून उपसमूहतर्फ सत्यदेवी बस्नेत हुन् ।

बढुवा समितिको गत ३१ असारको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै