Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा पैदलयात्रीको मृत्यु

११ चैत , काठमाडौं । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् । उनको उपचारको क्रममा निजगढ समुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

गएराती पौने १ बजे नम्बर नखुलेको सवारी साधनले उनलाई ठक्कर दिई फरार भएको हो । दुर्घटना गराई फरार रहेको सवारी साधन र चालकको खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यालय चपुर रौतहटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment