३ भदौ , काठमाडौं । पूर्वी चितवनको रत्ननगरमा बोलेरो जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान रत्ननगर नगरपालिका–९, खगेरी पुलमा दुर्घटना हुदा पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन । स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन् ।







