डिआईजी बज्राचार्यद्वारा बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलीको अनुगमन तथा निरीक्षण
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ ।
डिआईजी किरण बज्राचार्यले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको वस्तु स्थितीको अवलोकन गर्नुभयो । अवलोकनको क्रममा डिआईजी बज्राचार्यले तालिम केन्द्रको शाखाहरु,भौतिक संरचना, तथा तालिमरत प्रशिक्षार्थीहरुको खाना खाने मेश, व्यारेक भवनको समेत अवलोकन, निरिक्षण गर्नुभयो ।
अनुगमन पश्चात डिआईजी बज्राचार्यले तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा तालिमरत प्रशिक्षार्थीहरुलाई अमुल्य निर्देशन सम्बोधन गर्नुभई वृक्षरोपन कार्यक्रम समेत सम्पन्न गर्नुभयो । उक्त कार्यक्रममा तालीम केन्द्रका प्रमुख एसएसपी मोहन प्रसाद पोखरेलले तालिम केन्द्रको सुक्ष्म अवलोकन तथा निरीक्षण भ्रमण गरी कार्यरत समपूर्ण प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई अमूल्य निर्देशन सम्बोधन दिनु भएकोमा प्रहरी नायव महानिरीक्षकज्यूमा हार्दिक आभार प्रकट गरी धन्यवाद ज्ञापन गर्नु भएको थियो ।




