चन्द्रगिरि नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरूलाई भ्रमण कार्यक्रम दियो साथ -
Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रगिरि नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरूलाई भ्रमण कार्यक्रम दियो साथ

१९ असार , काठमाडौ । चन्द्रगिरि नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरूलाई भ्रमण कार्यक्रममा आर्थिक सहयोग सहित कार्यक्रम सम्पन्न गरेको छ ।

चन्द्रगिरि नगरपालिकाको आर्थिक सहयोग सहित चन्द्रागिरि हिल्सको सहकार्य र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा ”सबैका लागि चन्द्रगिरि” भन्ने मुल नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरू र तिनका अभिभावकहरूका लागि आयोजना गरिएको भालेश्वर महादेव मन्दिर चन्द्रगिरिको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको थियो ।

”सबैका लागि चन्द्रगिरि” भन्ने मुल नाराका कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्री घनश्याम गिरी, बिशिस्ट अतिथि उपप्रमुख श्री बसन्ती श्रेष्ठ, अतिथिहरू कार्यपालिका सदस्य श्री सवना कार्की र सामाजिक शाखा प्रमुख श्री रश्मी श्रेष्ठको उपस्थितिमा भ्रमणका सहभागीहरूलाई स्वागत कार्यक्रम भएको थियो ।

भ्रमणमा चन्द्रागिरि नगरपालिका अन्तरगत बसोवास गर्ने करिव १५० जना अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरूको सहभागीता रहेको थियो । उक्त भ्रमण कार्यक्रममा सृजनशिल स्कुल नैकाप र अटिजम केयर सेन्टर बलम्बुका बच्चा तथा अभिभावकहरूको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment