१९ असार , काठमाडौ । चन्द्रागिरि नगरपालिकाकाे आर्थिक सहयाेग, चन्द्रागिरि हिल्सकाे सहकार्य र अपाङ्गता-अभिभावक समाज नेपालकाे आयाेजनामा “पर्यटन संग खेलकुद” र “SPORT FOR ALL” भन्ने मुल नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरूले हुईल चियरमा बसेर खेलिने खेल बाेसिया (BOCCIA) काे “चन्द्रगिरि नगरस्तरिय बाेसिया (BOCCIA) खेलकुद प्रतियोगिता” भब्यताका साथ सम्पन्न भएकाे छ ।

याे खेल चन्द्रागिरि नगरपालिकामा पहिलोपटक आयोजना भएकाे हाे । २०८१ असार ३ गते चन्द्रागिरि हिल्समा आयाेजना भएकाे खेलकाे उद्घाटन नगरपालिकाका सामाजिक शाखा प्रमुख श्री रश्मी श्रेष्ठले खेल खेलेर गर्नु भएकाे थियो ।

नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख श्री बसन्ती श्रेष्ठ, कार्यपालिका सदस्य श्री सवना कार्कीले खेलाडी तथा सहभागीहरूलाई चन्द्रागिरि केबुलकारमा स्वागत गर्नुका साथै प्रतियोगिताकाे नारा, नगरपालिका र संस्थाकाे लाेगाे भएकाे टिसर्ट वितरण गर्दै प्रतियोगिता सफलताको शुभकामना दिनु भएकाे थियाे ।

६-६ जनाकाे दुई समुहमा ४-४ चरणमा खेलाईएकाे खेलमा दुबै समूह बाट प्रथम, द्वितिय र तृतीय हुनेलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे । साथै अन्य सहभागी खेलाडीहरूलाई पनि प्रमाणपत्र वितरण गरिएकाे थियो ।
समूह (राताे)
प्रथम : कृष्णप्रसाद लम्साल (चनपा-१४, नैकाप)
द्वितिय : बुद्ध राई (चनपा-१४, नैकाप)
तृतीय : साधना घिमिरे (चनपा-१०, सतुङ्गल)
समूह (निलाे)
प्रथम : कजिना सिग्देल (चनपा-१, दहचाेक)
द्वितिय : प्रदिप थापा (चनपा-१४, नैकाप)
तृतीय : साैरव वेल्वासे (चनपा-३, थानकोट)
प्रतियोगिताकाे मुख्य प्रशिक्षकमा गाेमा देवी पाैडेल र रविन्द्र खत्री रहनु भएकाे थियाे भने स्वयं सेवककाे रूपमा सजि भट्टराई, समिक्षा घिमिरे, विवेक शर्मा र सुजल बम रहनु भएको थियाे । कार्यक्रममा सांकेतिक भाषा दाेभाषेकाे भुमिका अनुजा महर्जनले गर्नु भएको थियोे ।
समापन कार्यक्रममा मुख्य प्रशिक्षक, स्वयं सेवक, सांकेतिक भाषा दाेभाषे र चन्द्रगिरि हिल्स लाई संस्थाका अध्यक्ष टेक बहादुर बम बाट प्रशंसा पत्र द्वारा सम्मान समेत गरिएको थियोे ।

चन्द्रागिरि हिल्स घुम्न आएका आन्तरिक तथा बाहिय पर्यटकहरूले समेत उक्त प्रतियोगिता उत्सुक्ता पुर्वक रमाइलो मान्दै हेरेका थिए । खेलकुद प्रतियोगिता करिब ४ घण्टा संचालन भएकाे थियोे । प्रतियोगितामा अन्य अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू (आमा, बुवा) ले समेत अभ्यास खेल खेलेर रमाइलो गरेका थिए ।


