१० माघ , काठमाडौ । बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ ।
दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका -२ का जमुना रोकायाको ज्यान गएको हो । गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् ।
त्यस्तै भूकम्पले ४० घरमा क्षति पुर्याएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार ४० घरमा पूर्ण र आंशिक रुपमा क्षति पुगेको हो ।
यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी गइरहेको र थप विवरण वडा कार्यालय, प्रहरी वृत्त लगायतका निकायहरुबाट संकलन भइरहेको प्रशासनले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।