Comments Add Comment

Advertisment

SKIP THIS

भूकम्प अपडेट : १३३ को मृत्यु, १४० घाइते

१८ कात्तिक , काठमाडौ । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ ।

नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् ।

घाइतेहरू मध्य ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment