Comments Add Comment

Advertisment

SKIP THIS

गोदावरीमा कांग्रेसका उम्मेदवार विजयी

०५ जेठ , काठमाडौं । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् ।

प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भइन् । प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाएका छन् ।

उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानांगले १३ हजार ४४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment