Comments Add Comment

तीव्र गतिमा कुदेकाे सरकारी गाडी ट्राफिक प्रहरीको फन्दामा

आज जिल्ला ट्राफिक परिसर भक्तपुरले अरनिकाे राजमार्ग अन्तरगत भक्तपुरकाे सल्लाघारीमा (स्पीड जाँच गर्ने लेजर गन मेसिन) ले चेक गर्ने क्रममा मधेस प्रदेश ०२, ००१ झ ००१३ नम्बरको सरकारी गाडीलाई तीव्र गतिमा ट्राफिक प्रहरीले कारबाही गरेको उपत्यका ट्राफिक कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताएका छन् ।         

एसएसपी भट्टका अनुसार तीव्र गतिको कारण हुने दुर्घटनालाई न्यूनीकरण गर्न उपत्यकाका ट्राफिक प्रहरीहरु राडर गन सहित सडकमा खटिएका छन । अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो ।                             

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको एसएसपीले बताए ।

राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीव्र गतिमा अधिकांश निजी कारहरू रहेका छन् भने सरकारी गाडी, मोटरसाइकल र स्कुल बस पनि कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै